logo

२०८३ साउन १३ बुधबार

ड्रयागन बोट फेस्टिभलमा १० करोड ६० लाख आन्तरिक पर्यटकद्वारा चीन भ्रमण

ड्रयागन बोट फेस्टिभलमा १० करोड ६० लाख आन्तरिक पर्यटकद्वारा चीन भ्रमण


हाम्रो राष्ट्र
  • आइतबार, १० असार २०८०
  • 1K
    SHARES

    चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

    बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (लगभग ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेको पाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend