logo

२०८३ साउन १४ बिहिबार

सिरियामा रूसी हवाई आक्रमणमा १३ जनाको मृत्यु

सिरियामा रूसी हवाई आक्रमणमा १३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, ११ असार २०८०
  • 1.1K
    SHARES

    विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

    बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण भएको बताए ।

    राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend