logo

२०८३ साउन १३ बुधबार

वाग्नर समूहले रूसी सेनापतिलाई कब्जा गर्ने योजना बनाएको वाल स्ट्रिट जर्नलको दाबी

वाग्नर समूहले रूसी सेनापतिलाई कब्जा गर्ने योजना बनाएको वाल स्ट्रिट जर्नलको दाबी


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८०
  • 1.1K
    SHARES

    वाग्नरका सेना प्रमुख येभगेनी प्रिगोजिनले गत हप्ता भएको विद्रोहमा रूसी सेनाका प्रमुखलाई कब्जा गर्ने लक्ष्य राखेको पाइएको छ । न्यूयोर्क शहरबाट प्रकाशित अन्तर्राष्ट्रिय दैनिक पत्रिका वाल स्ट्रिट जर्नलले रुसी सेनाले वाग्नरका सेना प्रमुखको योजनाबद्ध विद्रोहलाई प्रारम्भिक चरणमा नै थाहा पाई कब्जाबाट जोगिएको दाबी गरेको छ ।

    जर्नलले पश्चिमी अधिकारीहरूलाई उदृत गर्दै प्रिगोजिनले रूसी रक्षामन्त्री सर्गेई शोइगु र चिफ अफ स्टाफ जनरल भ्यालेरी गेरासिमोभलाई दक्षिणको भ्रमणमा रहेका बेला कब्जामा लिन खोजेका दाबी गरेको हो । तर रूसी घरेलु गुप्तचर सुरक्षा सेवा (एफएसबी)ले उक्त योजनाबारे थाहा पाएपछि शोइगु र गेरासिमोभले आफ्नो यात्रा परिवर्तन गरेको जर्नलले उल्लेख गरेको छ ।

    यसले प्रिगोजिनलाई चाँडै विदेशी भूमिमा पलायन हुनु बाध्य बनाएको उसले बताएको छ । शुक्रबार उनको वाग्नर सेनाले रोस्तोभ–अन–डोनमा रूसी दक्षिणी सैन्य जिल्लाको मुख्यालयलाई नियन्त्रणमा लिएको थियो ।

    यो युक्रेनमा युद्धको लागि बन्दोबस्ती र सैन्य सामग्री आपूर्तिका लागि एक प्रमुख केन्द्र हो । रूसी नेसनल गार्डका कमाण्डर भिक्टर जोलोतोभले वाग्नरबाट विद्रोहका बारेमा जानकारी आएको र यसका पछाडि पश्चिमा एजेन्टको हात रहेको हुन सक्ने बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend