logo

२०८३ साउन १३ बुधबार

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८०
  • 1.2K
    SHARES

    भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

    घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।
    अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

    घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend