logo

२०८३ साउन १३ बुधबार

दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने

दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८०
  • 988
    SHARES

    दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ ।

    दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो ।

    साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी १ मा बर्षवृद्धि गर्ने चलन थियो । नयाँ कानुन अभ्यासमा आएसँगै यो गणना गर्ने पद्धति पनि खारेज भएको छ ।

    राष्ट्रपति यून सङ योलले आफ्नो चुनाबी प्रतिवद्धता अनुसार परम्परागत उमेर गणना विधिलाई हटाइएको हो । उनले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए ।

    ती परम्परागत उमेर गणनाका विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनु परेको’ उनले बताए ।

    यस विधिले बीमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend