हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको हो ।
उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन् ।
अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ हुथीहरूले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन ्।
संयुक्त राष्ट्रसंघले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो शुरुमा हिंसालाई उल्लेखनीय रूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो । तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः शुरु भएका छन् ।
संयुक्त राष्ट्रसंघले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरू बीचको विश्वासको कमी र त्यहाँ जारी हिंसा लगायतका कारण विगतका प्रयासहरू असफल भएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend