logo

२०८३ साउन १३ बुधबार

चीनका रक्षामन्त्री ली र रुसी नौसेना प्रमुखबीच बेइजिङमा भेटवार्ता

चीनका रक्षामन्त्री ली र रुसी नौसेना प्रमुखबीच बेइजिङमा भेटवार्ता


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    चीनका रक्षामन्त्री ली साङ्फुले बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न पहल गर्ने बारे छलफल भएको बताइएको छ ।

    वार्ताका क्रमममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताएका छन् । उनले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गरेको बताइएको छ ।

    आफ्नो तर्फबाट येभमेनोभले रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend