logo

२०८३ साउन १४ बिहिबार

कम्बोडियामा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

कम्बोडियामा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.2K
    SHARES

    उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् ।

    विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।

    प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् ।

    सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियोभने अन्य २७ जना बिरामी भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend