logo

२०८३ असोज ८ बिहिबार

मलेसियामा बाढीले बगाएर एकै परिवारका ९ जनाको मृत्यु, तीन बेपत्ता

मलेसियामा बाढीले बगाएर एकै परिवारका ९ जनाको मृत्यु, तीन बेपत्ता


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.5K
    SHARES

    मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

    गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन् ।

    स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन् । तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो ।

    उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन् । ‘ट्रयाकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend