logo

२०८३ साउन १४ बिहिबार

रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण

रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएका रूसका एक जना पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव अधिकार समूह मेमोरियलले जनाएको छ ।

    ‘एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभरि चोट लागेको छ । उनका उपकरण खोसेर र तोडफोड गरिएको छ ‘ समूहले सामाजिक सञ्जालमा भनेको छ । मिलासिना र वकिल अलेक्जेन्डर नेमोभ एयरपोर्टबाट आफ्नो गन्तव्यतर्फ गइरहेका बेला आक्रमण भएको हो

    । मिलाशिना काम गर्ने रूसको शीर्ष स्वतन्त्र प्रकाशन नोभाया गजेटाले घटनाको पुष्टि गर्दै उनी र वकिल नेमोभ चेचन राजधानी ग्रोज्नीको अस्पतालमा रहेका बताएको छ । नोभाया गजेटाले चेचेन शक्तिशाली रमजान कादिरोभको आलोचना गर्ने तीन जना निर्वासितकी आमा जरेमा मुसाइभाको सजायको सुनुवाइमा भाग लिन उनी ग्रोज्नी गएको जनाएको छ ।

    रुसको प्रसिद्ध समाचारपत्र नोभाया गजेटामा मिलाशिनाले चेचन्यामा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे वर्षौंदेखि समाचार एवम् टिप्पणी छाप्दै आएकी थिइन् । उनलाई चेचेन नेतृत्वबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend