logo

२०८३ साउन १३ बुधबार

श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.3K
    SHARES

     

    श्रीलङ्काले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ ।  श्रीलङ्काका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन् ।

    कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिङ्घेले विश्व बैंकले श्रीलङ्काका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन् ।

    सो रकममध्ये पाँच सय मिलियन डलर लचिलोपन, स्थिरता र आर्थिक परिवर्तन विकास नीति सञ्चालनका लागि विनियोजन गरिएको छ । यसबाट आर्थिक सुशासनमा सुधार, वृद्धि र प्रतिस्पर्धात्मकता बढाउने र गरिब र कमजोरहरूलाई संरक्षण गर्ने सुधारहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

    राज्यमन्त्री सेमासिङ्घेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुनस्र्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend