logo

२०८३ साउन १४ बिहिबार

मेटाले ट्विटरको प्रतिस्पर्धी नयाँ एप ‘थ्रेड्स्’ ल्याउँदै

मेटाले ट्विटरको प्रतिस्पर्धी नयाँ एप ‘थ्रेड्स्’ ल्याउँदै


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 1.2K
    SHARES

    सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप  बिहीवारदेखि सञ्चालनमा ल्याउन लागेको छ । थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि–अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ ।

    उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्स्लाई टेक्ट्स बेस कन्भर्सेसन एप अर्थात् ‘अक्षरमा आधारित संवाद एप’ भनेको छ । फेसबुक सञ्चालक कम्पनीको उक्त निर्णय त्यसका मालिक मार्क जकरबर्ग र ट्विटरका मालिक इलोन मस्कबीचको पछिल्लो प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

    गत महिना जकरबर्ग र मस्क दुवैले आफूबीच प्रतिस्पर्धा गर्ने सार्वजनिक रूपमै घोषणा गरेका थिए। तर उनीहरूले त्यस्तो प्रतिस्पर्धा कहिलेसम्म जारी राख्छन् भन्ने स्पष्ट छैन । मेटाको थ्रेड्स् एप निःशुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ । उक्त एपबाट लिइएका तस्बिरहरू हेर्दा त्यो लगभग ट्विटर जस्तै देखिन्छ ।

    मेटा एप भएकाले थ्रेड्सले प्रयोगकर्ताको फोनमा लोकेसन, खरिद र ब्राउजिङ हिस्ट्री लगायतका डेटाहरू पठाउन सक्छ । ट्विटरसँग उल्लेखनीय समानता भएका धेरै एपहरू हालैका वर्षहरूमा आएका छन्। त्यस्ता एपमा डोनल्ड ट्रम्पको ट्रुथ सोशल र मास्टोडनलगायत छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend