logo

२०८३ साउन १३ बुधबार

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो ।

    यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी डलर रहेको छ भने सन् २०२१/२२ को सोही अवधिमा व्यापार घाटा ४८ अर्ब ३५ करोड ४० लाख अमेरिकी डलर रहेको थियो ।

    सन् २०२२/२३ को उक्त अवधिमा पाकिस्तानबाट २७ अर्ब ७४ करोड ४४ लाख अमेरिकी डलरको निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड २० लाख डलरको निर्यात भएको थियो ।

    यो १२ दशमलव ७१ प्रतिशतले ऋणात्मक वृद्धि हो । अर्कोतर्फ, दक्षिण एसियाली मुलुक पाकिस्तानको आयातमा ३१ प्रतिशतले कमी आएको छ, जुन आर्थिक वर्ष २०२१/२२ मा ८० बिलियन अमेरिकी डलरबाट घटेर २०२२/२३ मा ५५ बिलियन अमेरिकी डलरमा झरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend