logo

२०८३ साउन १३ बुधबार

मेक्सिकोमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु

मेक्सिकोमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.2K
    SHARES

    मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको छ । दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले जानकारी दिए ।

    दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend