logo

२०८३ साउन १३ बुधबार

वाग्नर प्रमुख प्रिगोजिन सेन्ट पिटर्सबर्गमा छन्ः लुकाशेन्को

वाग्नर प्रमुख प्रिगोजिन सेन्ट पिटर्सबर्गमा छन्ः लुकाशेन्को


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.1K
    SHARES

    बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बताएका छन् ।

    बेलारूसका राष्ट्रपति लुकाशेन्कोले प्रिगोजिन सेन्ट पिटर्सबर्गमा रहेको बताएका हुन् । लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरा आफूलाई निश्चित रूपमा थाहा भएको भन्दै उनीसँग आफूले फोनमा कुरा गरिरहेको बताए ।

    क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारूस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारूसमा शिविर स्थापना नगरेको उनले बताए । उनले अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय नभएको बताए ।

    प्रिगोजिनले जुन २३ मा रूसको सैन्य नेतृत्वविरुद्ध विद्रोह सुरु गरेको घोषणा गरेसँगै राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दिँदै मस्कोतर्फ सशस्त्र टुकडी पठाएका थिए । तर तत्कालै एक दुई दिनभित्र नै फिर्ता गरेका थिए । लुकाशेन्कोले आफ्नो देशमा वाग्नर सेनालाई शरण दिनेबारे आफू ‘चिन्तित वा दुःखी’ भने नभएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend