logo

२०८३ साउन १४ बिहिबार

‘ऐँचो पैँचो’को टिजर सार्वजनिक

‘ऐँचो पैँचो’को टिजर सार्वजनिक


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कृषा चौलागाईंको डेव्यु निर्देशकीय सिनेमा ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो ।

    संवादरहित टिजरमा पात्रहरुको लुक र केही मात्रामा सिनेमाको विषयका बारेमा छनक दिएको छ । सार्वजनिक टिजरले सिनेमा राजनीतिक विषयवस्तुमा आधारित भएको संकेत गरेको छ।

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend