logo

२०८३ साउन १५ शुक्रबार

बारुद कारखाना विष्फोटमा रुसमा ६ जनाको मृत्यु

बारुद कारखाना विष्फोटमा रुसमा ६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 936
    SHARES

    मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् ।
    रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट बिहीबार अबेर भएको आपतकालीन सेवाका अधिकारीहरूलाई उदृत गर्दै जनाएको छ ।

    एक सय १२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो । भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend