logo

२०८३ साउन १३ बुधबार

केबुलकारमा १० घण्टा यात्रु अलपत्र 

केबुलकारमा १० घण्टा यात्रु अलपत्र 


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.1K
    SHARES

     

    इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई शुक्रबार उद्धार गरिएको छ ।

    क्विटो नगरपालिकाले विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ ।

    विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबुलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए ।

    करिब चार हजार मिटर (१३,१२० फिट) को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यसपछि केबुलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबुलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुइँमा आएका थिए ।

    केबुलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल) को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार एक सय मिटरमा रहेको छ ।

    नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबुलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ । बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबुलकारहरू सुरक्षित रूपमा भुइँमा फर्केपछि कम्बल ओढाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend