logo

२०८३ साउन १३ बुधबार

मौसम निगरानी गर्ने भूउपग्रहले खिच्यो पृथ्वीभरि चट्याङ परेको दृश्य

मौसम निगरानी गर्ने भूउपग्रहले खिच्यो पृथ्वीभरि चट्याङ परेको दृश्य


हाम्रो राष्ट्र
  • शनिबार, २३ असार २०८०
  • 1K
    SHARES

    युरोपको मौसम निगरानी गर्ने निकाय यूमेट्स्याटले विश्वभरि बिजुली चम्किएको देखिने आकर्षक भिडियो सार्वजनिक गरेको छ । ती भिडियोहरू भूमध्यरेखामा पर्ने अफ्रिकी भूभागको आकाशमा पृथ्वीको सतहभन्दा ३६ हजार किलोमिटर माथिबाट खिचिएका हुन्। एउटा नयाँ उपकरणले गत डिसेम्बरमा ती भिडियो खिचेको हो ।

    आफ्नो पूर्ण क्षमतामा काम गर्न थालेपछि उक्त उपकरण मौसम पूर्वानुमानकर्ताहरूका लागि एउटा महत्वपूर्ण साधन बन्ने छ । त्यसले आँधी र प्रचण्ड हावाहुरी उत्पन्न भएको पत्ता लगाउन सक्छ । प्रायः ठूलो वर्षा हुनु, असिना पर्नु र ठूलो हावाहुरी चल्नुअघि बिजुली चम्किन्छ र चट्याङ पर्छ । यूमेट्स्याटका महानिर्देशक फिल इभान्सले ती भिडिओहरूलाई ‘अद्भुत’ को सङ्ज्ञा दिएका छन् ।

    अमेरिकीहरूले एउटा यस्तै उपकरण केही वर्षअघि आफ्नो भूमिमाथि पठाएका थिए। तर युरोप र अफ्रिकाका लागि यो पहिलो हो । यूमेट्स्याटले मौसम निगरानी गर्न युरोपका विभिन्न देशहरूले पृथ्वीको कक्षमा पठाएका उपकरणहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ। यो एउटा अन्तरसरकारी संस्था हो ।

    उक्त संस्थाले भर्खरै प्रक्षेपण गरिएको मेटिओस्याट–१२ प्ल्याटफर्मको परीक्षण गरिरहेको छ । यो मौसम निगरानी गर्ने अत्याधुनिक अन्तरिक्षयान हो। वैज्ञानिकहरूले यसको प्रयोगबाट ‘नाउकास्टिङ’ भनिने विधिमा थप परिवर्तन गर्न सकिने अपेक्षा गरेका छन्। केही घण्टाअगाडि अर्थात् निकै छोटो समयावधिमा चुनौतीपूर्ण वायुमण्डलीय अवस्थाबारे चेतावनी दिने विधिलाई नाउकास्टिङ भनिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend