logo

२०८३ साउन १५ शुक्रबार

पाकिस्तानमा बाढीपहिरोमा परी ६७ जनाको मृत्यु

पाकिस्तानमा बाढीपहिरोमा परी ६७ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1.1K
    SHARES

    पाकिस्तानमा बाढी पहिरोमा परी ६७ जनाको मृत्यु भएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्रि–मनसुन सुरु भएयता वर्षाका ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् ।

    देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएका र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर भत्किएका छन् ।

    लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको थियो ।

    जुलाई ४ मा शहरका केही भागमा २ सय ९१ मिलिमिटरसम्म वर्षा भएको थियो । लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend