logo

२०८३ साउन १३ बुधबार

भाटभटेनीका संचालक गुरुङ पक्राउको विरोधमा निजी क्षेत्र असन्तुष्ट

भाटभटेनीका संचालक गुरुङ पक्राउको विरोधमा निजी क्षेत्र असन्तुष्ट


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङ पक्राउको विरोधमा निजी क्षेत्रका तीन ठुला व्यवसायिक संस्थाले आपत्ति जनाएका छन् ।

    आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी उद्यमीलाई थुन्ने कार्यले लगानी थप निरुत्साहित हुने उल्लेख गरेका हुन् । उनीहरुले धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने भन्दै आरोप लागेकै भरमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने काम नगर्न सचेत गराएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ। तर, कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ।’

    निजी क्षेत्रले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको प्रतिक्रिया दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी आग्रह गर्दछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend