काठमाडौं । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को आइतबारबाट छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट यो फिल्मको छायाँकन सुरु भएको हो ।
छायाँकन अगाडि फिल्मका कलाकारहरुले क्यामेरा पुजा गरेका थिए । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो फिल्मलाई एक महिनामा खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ । फिल्म ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायाँकन छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend