logo

२०८३ साउन १४ बिहिबार

भारतले २६ वटा राफेल लडाकु विमान खरिद गर्ने

भारतले २६ वटा राफेल लडाकु विमान खरिद गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, २५ असार २०८०
  • 1.4K
    SHARES

    एक प्रमुख विकासमा, भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ ।

    रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा यसै साता हुने प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने संभावना छ । देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो ।

    विमान र पनडुब्बी खरिदका निम्ति ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend