logo

२०८३ असोज ८ बिहिबार

आईएससँग सम्बन्ध रहेको आशङ्कामा टर्कीमा २२ विदेशी पक्राउ

आईएससँग सम्बन्ध रहेको आशङ्कामा टर्कीमा २२ विदेशी पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 1.2K
    SHARES

    टर्कीले इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध रहेको आशङ्कामा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको समाचार समिति अनादोलुले जनाएको छ । प्रहरीले आईएससँग कथित सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो ।

    अनादोलुले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बाँकी संदिग्धहरूको खोजी जारी रहने बताएको छ । सन् २०१३ मा टर्किएले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो । त्यसयता देशका धेरै सहरमा सुरक्षा बलले खोजी अभियान सञ्चालन गर्दैआएको छ । साथै आईएसका संदिग्ध सदस्यहरूलाई नियमितरूपमा गिरफ्तार गरी र हिरासतमा राख्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend