logo

२०८३ साउन १३ बुधबार

आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरे कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरे कारबाही गर्ने उत्तर कोरियाको चेतावनी


हाम्रो राष्ट्र
  • बुधबार, २७ असार २०८०
  • 1.1K
    SHARES

    उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएकी हुन् । उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तराष्ट्रिय कानुनअनुसार सुरक्षित एवम् जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ ।

    अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ ।

    अमेरिकी रक्षा मन्त्रालयका सहायक प्रेस अधिकृत सब्रिना सिंहले अन्तराष्ट्रिय कानुनअनुसार आफ्ना साझेदार मुलुक र मित्रहरूका जल र वायु क्षेत्रमा जहाँसुकै सञ्चालन गर्नसक्ने बताउँदै कोरियाली आरोपलाई अस्वीकार गरेकी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend