एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।
एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो ।
एडीबीको दक्षिण एसिया विभागको वातावरण, प्राकृतिक स्रोत तथा कृषि महाशाखाका प्रमुख ग्रामीण विकास विशेषज्ञ मासाहिरो निशिमुराले भने, “बङ्गलादेशको ग्रामीण सडक सञ्जालको सुधारलाई थप विस्तार गर्नुका साथै ग्रामीण क्षेत्रमा जीवनस्तर उकास्न जलवायु तथा विपद् उत्थानशीलता र सडक सम्पत्ति व्यवस्थापनमा नवीनतम विशेषताहरू प्रस्तुत गर्दै यस परियोजनाका लागि एडिबीको यो दोस्रो अतिरिक्त वित्तपोषण हो ।”
उनले भने,“यो परियोजनाले ग्रामीण क्षेत्रमा यातायात दक्षता र विश्वसनीयता सुधार गर्न, कृषि उत्पादकत्व बढाउन र देशको दिगो आर्थिक वृद्धिमा मद्दत गर्न रोजगारी सिर्जना गर्न मद्दत गरिरहेको छ ।”
सन् २०१८ को नोभेम्बरमा स्वीकृत भएको यस परियोजनाले करिब एक हजार ७०० किलोमिटर ग्रामीण सडकको स्तरोन्नती गर्ने, ग्रामीण पूर्वाधार निकाय र सडक प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्ने र ग्रामीण सडक गुरुयोजनामा सुधार गर्ने लक्ष्य राखेको छ ।
सन् २०२० देखि ९०० किलोमिटरभन्दा बढी ग्रामीण सडकलाई मूल लक्ष्यमा जोडेको छ । यस नवीनतम ऋणले सबै मौसमसम्बन्धी मापदण्ड, लचिलोपन र सुरक्षा सुविधाहरूको साथ अर्को एक हजार ३५० किलोमिटर ग्रामीण सडकहरूको सुधारलाई थप विस्तार गर्नेछ ।
यसले ग्रामिण परियोजनाका लागि क्षेत्रीय स्तरमा १८० घुम्ती सडक मर्मत कार्यालयहरूलाई उपकरण र ट्रकहरू प्रदान गर्नेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend