logo

२०८३ साउन १३ बुधबार

भारतको राजधानी दिल्लीमा जलसतह बढेसँगै सयौँको उद्धार

भारतको राजधानी दिल्लीमा जलसतह बढेसँगै सयौँको उद्धार


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 1K
    SHARES

    यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र खतराको तह पार गरिसकेको बताएका छन् ।

    अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन् ।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार बुधबार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका २५ सय शिविरमध्ये केहीमा सरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend