logo

२०८३ साउन १३ बुधबार

अब बैंकहरुले आफ्नो अनुकुलतामा ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न पाउने

अब बैंकहरुले आफ्नो अनुकुलतामा ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न पाउने


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 884
    SHARES

    काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले भद्र सहमतिका नाममा ब्याजमा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो ।

    बैठकले निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको हो। बैंकरहरुले साउन १ गतेदेखि लागू हुने ब्याज आफ्नो संस्थाको अनुकुलतामा घटाउन, बढाउन वा स्थिर राख्न पाउने छन् ।

    अहिले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्छन्। त्यसो हुँदा ब्याज बढाउन चाहेमा करिब ११ प्रतिशत नजिक पुग्छ भने घटाउन चाहेमा ९ प्रतिशत हाराहारीमा आउँछ । निक्षेप बढ्ने तर ऋणको माग नहुने हुँदा बैंकहरुलाई ब्याज घटाउनु पर्ने दबाब थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend