अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको गरेका छन् ।
नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।” उनले युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताए ।
“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले भने ।
एक फरक प्रसङ्गमा उनले भने, “रूसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकोले यसप्रति सम्बन्धित सजग रहन सजग रहन आवश्यक हुन्छ ।”
उनले युक्रेनमा रूसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि दाबी गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend