logo

२०८३ असोज ६ मंगलबार

मेसी अझै एक वर्ष पिएसजीमा रहने

मेसी अझै एक वर्ष पिएसजीमा रहने


हाम्रो राष्ट्र
  • सोमबार, २५ पुष २०७९
  • 3.2K
    SHARES

    काठमाडौं। विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन्। मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

    गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो। मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए।

    ३५वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन्। मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा छन्। बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहन्छन्।

    अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश छन्। उनी अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन्। मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा रहेका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend