logo

२०८३ असोज ८ बिहिबार

अफगानिस्तानका दुई लाख सत्तरी हजार कुपोषित बालबालिकाको उपचार

अफगानिस्तानका दुई लाख सत्तरी हजार कुपोषित बालबालिकाको उपचार


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1K
    SHARES

     

    संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले  अफगानिस्तानका दुई लाख ७० हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ ।

    बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार युनिसेफबाट भएको खामा प्रेसले जनाएको छ । खामा प्रेसका अनुसार तालिबानले देशको शासन सम्हालेपछि गरिबीमा भएको वृद्धिले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता सङ्गठनहरूले बताएका छन् । मानवीय सहायता सङ्गठनहरूमाथिको प्रतिबन्धले त्यस्तो परिस्थिति उत्पन्न भएको हो ।

    अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि फ्रान इक्विजाले यो वर्ष देशका करिब २३ लाख बालबालिकाले कुपोषणको सामना गर्ने बताउँदै उनीहरूलाई पोषक खाद्यपदार्थ उपलब्ध गराउन अन्तरराष्ट्रिय समुदायले सघाउनुपर्ने तथा तालिबान सरकारले सहायता निकायलाई शङ्काको दृष्टिले नहेरी मानवीय सहायतामा क्रियाशील हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend