logo

२०८३ साउन १५ शुक्रबार

सोमालियामा स्वास्थ्य सेवा केन्द्रमा भएको आक्रमणको डब्ल्युएचओद्वारा निन्दा

सोमालियामा स्वास्थ्य सेवा केन्द्रमा भएको आक्रमणको डब्ल्युएचओद्वारा निन्दा


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1.2K
    SHARES

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमालियाको सोमालील्याण्ड क्षेत्रको एक स्वास्थ्य कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ । उत्त स्थानमा भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामीसहित दर्जनौं मारिएका छन् ।

    “स्वास्थ्य सेवा प्रणाली पहिलेदेखिनै नै नाजुक भएको अवस्थामा, स्वास्थ्य सेवामा भएको पछिल्लो आक्रमणले स्वास्थ्यकर्मी र उनीहरूले बचाउन सक्ने बिरामीको ज्यान गुमाउनेभन्दा पनि विनाशकारी परिणामहरू निम्त्याउँछ,” सोमालियाका लागि डब्ल्यूएचओ प्रतिनिधि मामुनुर रहमान मलिकले एक विज्ञप्तिमा भनेका छन् ।

    डब्ल्यूएचओले स्वास्थ्य सेवा तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न र द्वन्द्वमा संलग्न भए पनि सबैको लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न अपील गरेको छ । साथै उक्त निकायले अतिवादी हमलामा मारिएका र घाइते भएका स्वास्थ्यकर्मीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend