logo

२०८३ साउन १३ बुधबार

पीटीआईलाई प्रतिबन्ध लगाए नयाँ दल खोल्ने इमरान खानको भनाई

पीटीआईलाई प्रतिबन्ध लगाए नयाँ दल खोल्ने इमरान खानको भनाई


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1.2K
    SHARES

    पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् ।

    मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा संलग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

    पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताए ।

    इमरानले यदि उनीहरूले आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएमा आफूहरुले नयाँ पार्टी बनाउने र चुनाव जित्ने बताए । पीटीआई अध्यक्ष खानले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend