logo

२०८३ असोज ८ बिहिबार

भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भारतीय आयल कर्पोरेशन(आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार शनिबार नेपाल आयल निगमलाई भारतबाट नयाँ मूल्य प्राप्त भएको हो ।

    भारतले पठाएको नयाँ दरअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । अब यही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्नेछ ।

    नयाँ मूल्यअनुसार निगमको मुनाफा १५ दिनमा ५० करोड पुगेको निगमले जनाएको छ । आज निगम सञ्चालक समितिको बैठक बस्दै छ । बैठकले मूल्यबारे निर्णय लिने जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend