logo

२०८३ साउन १३ बुधबार

घट्यो इन्धनको मूल्य

घट्यो इन्धनको मूल्य


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो । स्वचालित मूल्य लागूभएसँगै निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमकाअनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटेको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

    भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend