दक्षिण कोरियाको चियोङ्जु सहरमा बाढीले डुबानमा परेको सुरुङ मार्गमा फसेको १३ जनाको शव फेला पारेका छन् । शनिबार राति नदीमा आएको बाढी सुरुङमा पसेपछि निजी सवारी साधन र बसमा यात्रा गरिरहेका यात्रुहरू त्यहीँ फसेका थिए । सुरुङ ६८५ मिटर लामो छ। त्यसमा कति जना फसेका थिए भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् ।
गत सातादेखि परिरहेको मुसलधारे वर्षाका कारण कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन् । अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ ।
अधिकारीहरूका अनुसार सोमबार बिहानसम्म बाढीमा परी कम्तीमा नौ जना बेपत्ता छन्।बाढी प्रभावित सुरुङमा धेरै शवहरू बसभित्रबाट फेला परेका हुन्। त्यहाँबाट शनिबार थप नौ जनाको जीवितै उद्धार गरिएको थियो। कोरियाको मौसम सम्बन्धी निकायका अनुसार त्यहाँ सामान्यतया एक वर्षमा एक हजार मिलिमिटरदेखि एक हजार ८०० मिलिमिटरसम्म वर्षा हुन्छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend