logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा उछाल

शेयर बजारमा उछाल


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातको पहिलो दिन सोमबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । सोमबार नेप्से ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ ।

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

    आज ७६ लाख ३४ हजार कित्ता शेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend