logo

२०८३ साउन १३ बुधबार

शेयर बजार ९ अंकले बढ्यो

शेयर बजार ९ अंकले बढ्यो


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मंगलबार पनि बढेको छ । मंगलबार नेप्से ९ दशमलव ९१ अङ्कले बढेर दुई हजार एक सय ५४ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

    आज बैंकिङ, लगानी, बीमा, उत्पादन, लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार बढेको दिन दुई सय ५५ वटा कम्पनीका ८६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएका छन् ।

    ५६ हजार चार सय पटक भएको कारोबारमा तीन अर्ब ५४ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै स्वालम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend