logo

२०८३ साउन १४ बिहिबार

‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना

‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।

    निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरे वापत् जरिवाना गरेको जनाएको छ ।

    सरोज खनालको अभिनयसमेत रहेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा छ । करिष्मा मानन्धर र प्रमिला कार्कीको मुख्य भूमिका रहेको चलचित्रले एकल महिलाको पुनर्विवाहको मुद्दा उठाएको छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend