logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा दोहोरो अंकको बृद्धि

शेयर बजारमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 962
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ विन्दुमा पुगेको छ । बैंकिङ, विकास बैंक, उत्पादन, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैजसो बैंकको शेयर मूल्य बढेको छ ।

    सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय ६० वटा कम्पनीका ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएका छन् ।

    ५१ हजार चार सय पटक भएका कारोबारबाट तीन अर्ब ३४ करोड ८६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ । सबैभन्दा धेरै युनाइटेड अजोड इन्सुरेन्सको २३ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend