logo

२०८३ साउन १४ बिहिबार

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

    भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।

    उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend