logo

२०८३ असोज ८ बिहिबार

अल्जेरियामा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु

अल्जेरियामा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

     

    अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुबस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

    राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा  बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा  उक्त हताहती भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् ।

    दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगोलोको थियो । उद्धारकर्मीहरुले जलेका केही शव निकालेका छन् । दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend