logo

२०८३ साउन १३ बुधबार

थाइल्याण्डका सुधारवादी नेता पिता सांसदबाट निलम्बन

थाइल्याण्डका सुधारवादी नेता पिता सांसदबाट निलम्बन


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1K
    SHARES

    थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास समाप्त भएको छ । यालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट निलम्बित गरिएको थियो ।

    उनलाई निलम्बन गरेपछि सांसदहरूलाई उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो ।

    यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ । थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो ।

    थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ । उनको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend