logo

२०८३ साउन १३ बुधबार

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन आईडब्ल्यूएफको माग

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन आईडब्ल्यूएफको माग


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.1K
    SHARES

    बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ । बेलायतले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ ।

    इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ। गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो ।

    उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेयर गर्ने गरिएको फेला पारेको थियो । आईडब्ल्यूएफ इन्टरनेटमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको सक्रिय रूपमा खोजी गर्न अनुमति पाएको जम्मा तीनवटा परोपकारी संस्थामध्ये एक हो ।

    उसले मे २४ बाट एआईका तस्बिरहरूको अभिलेख राख्न थालेको थियो। जुन ३० सम्म विश्लेषणकर्ताहरूले २९ वटा वेबसाइटमाथि अनुसन्धान गरे। उनीहरूले तीमध्ये सात वटाले एआईबाट तयार पारिएका तस्बिरहरू शेअर गरेको पत्ता लगाए ।

    उक्त परोपकारी संस्थाले तस्बिरहरूको सङ्ख्या खुलाएको छैन तर गैरकानुनी साइटहरूमा दर्जनौँ एआई तस्बिरहरू वास्तविक तस्बिरसँग मिसाएर साझा गरिएको उल्लेख गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend