logo

२०८३ असोज ८ बिहिबार

शेयर बजारमा झिनो अंकको गिरावट

शेयर बजारमा झिनो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बिहीबार सामान्य घटेको छ । बिहीबार नेप्से एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।

    आज सबैभन्दा धेरै सिटिजन्स म्युचुल फन्ड र कुमारी इक्विटी फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएका छन् । ५४ हजार नौ सय पटक भएका कारोबारमा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend