logo

२०८३ साउन १३ बुधबार

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.3K
    SHARES

    श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् । भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

    श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताए ।

    विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्, “श्रीलङ्काका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिङ्घेले पहिलो पटक भारत भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत छ । यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”

    भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल गर्नेछन् ।

    भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रीलङ्का भारतको छिमेक प्रथम नीति र भिजन सागरमा महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा कनेक्टिभिटी र पारस्पारिक लाभकारी सहयोगका लागि मार्गको खोजी गर्नेछ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend