logo

२०८३ असोज ८ बिहिबार

राइगढमा पहिरोमा परी १३ जनाको मृत्यु

राइगढमा पहिरोमा परी १३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसीलको इरशालवाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ तर धेरै जना भग्नावशेषमा फसेको आशङ्का गरिएको छ ।

    राइगढको इरशालवाडीमा भग्नावशेषबाट १२ जनाको शव निकालिएको छ । साथै, घटनास्थलमा उद्धारका लागि पुगेका एक उद्धारकर्मीको हृदयाघातका कारण मृत्यु भएको छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकोे छ ।

    महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे राइगढ जिल्लामा राहत र उद्धार कार्यको समीक्षा गर्न बिहान घटनास्थलमा पुगी राइगढमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend