logo

२०८३ असोज ८ बिहिबार

रुसविरुद्ध युक्रेनले घातक क्लस्टर बमको प्रभावकारी उपयोग गरिरहेको अमेरिकाको दाबी

रुसविरुद्ध युक्रेनले घातक क्लस्टर बमको प्रभावकारी उपयोग गरिरहेको अमेरिकाको दाबी


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.2K
    SHARES

    ह्वाइट हाउसले युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टि गरेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी मामिलाका प्रवक्ता जोन किर्बीका अनुसार प्रारम्भिक प्रतिक्रियाले ती अस्त्रहरू रुसविरुद्धको कारबाही र प्रतिरक्षाका निम्ति प्रभावकारी ढङ्गमा प्रयोग भइरहेको देखाएको छ ।

    क्लस्टर उपकरणले एकै पटकमा धेरै साना खालका बमहरू प्रहार गर्छ। त्यसले आम नागरिकहरूलाई निम्त्याउने जोखिमका कारण एकसय भन्दा बढी देशहरूमा यसको प्रयोग प्रतिबन्धित छ ।

    युक्रेनलाई सहयोग स्वरूप प्रदान गर्ने अस्त्रहरूको आपूर्ति बढाउन अमेरिका उसलाई क्लस्टर बम दिन सहमत भएको थियो। युक्रेनले ती बमहरू रुसी शत्रु सैनिकहरूको शक्ति निस्तेज पार्न मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    युक्रेनले प्रतिआक्रमणको क्रममा आफूसँग गोलाबारुदको अभाव हुने चेतावनी दिएपछि अमेरिकाले क्लस्टर बम पठाउने निर्णय गरेको थियो। यसको आपूर्ति प्रक्रिया धेरैले अनुमान गरेकोभन्दा ढिलो र महँगो बनेको छ ।

    राष्ट्रपति जो बाइडनले यो अस्त्र पठाउनुलाई धेरै कठिन निर्णयको सङ्ज्ञा दिएका थिए । ती अस्त्रहरू खाल्डो र रणनीतिक स्थानहरूमा रहेका सैनिकविरुद्ध प्रयोग गर्दा प्रभावकारी ठानिन्छन्। रुसले गत वर्ष युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेयता यस्तै क्लस्टर बमहरूको प्रयोग गर्दै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend