logo

२०८३ कार्तिक १२ बुधबार

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । गायक प्रकाश सपुतले नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ सार्वजनिक गरेका हुन् ।

    गीतमा सपुतलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

    गीतमा गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ । मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायाँकन गरेको गीतलाई प्रवीण भट्टले सम्पादन गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend