logo

२०८३ साउन १४ बिहिबार

टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै

टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 975
    SHARES

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन : सामेल हुन सहमत गराउन चाहेको बताएका छन् ।

    “मलाई लाग्छ रूसी नेता पुटिनसँग विस्तृत कुराकानी गरेर मानवीय करिडोरको निरन्तरता सुनिश्चित गर्न सक्षम हुनेछौं,” एर्दोगानलाई उदृत गर्दै टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले लेखेको छ ।

    टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा जुलाई २०२२ मा इस्तानबुलमा युक्रेनसँग भएको सम्झौताको विस्तारको विरोध गरेपछि उहाँले यस विषयमा पुटिनसँग कुरा गर्ने बताएका थिए ।

    रूसले युक्रेनी बन्दरगाहबाट करिब तीन करोड ३० लाख टन खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा फर्कन तयार रहेको बताएको छ । तर उसले पश्चिमा प्रतिबन्धका कारण कृषि उत्पादन र मलको आपूर्तिमा बाधा पुगेको बताएको छ ।

    यदि रूसी राष्ट्रपतिको अर्को महिना हुने भनिएको इस्तानबुल भ्रमण भएमा दुवै नेताले टर्कीमा अगस्टमा खाद्यान्न सम्झौताबारे आमनेसामने छलफल गर्नेछन् ।

    संयुक्त राष्ट्रसङ्घले गहुँ र मकैको विश्वव्यापी मूल्यमा परेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । सम्झौता अन्त्य भएको घोषणाले विश्व समुदायलाई चोट पुर्याएको छ ।

    टर्कीले ‘स्वीडेनले चालेका कदमअनुसार कदम चाल्ने’ पनि एर्दोगानले बताएका छन् जसले नेटोमा स्वीडेनको सदस्यताका लागि मार्ग प्रशस्त गरेको छ ।

    यसै महिनाको सुरुमा टर्कीका राष्ट्रपतिले अक्टोबरमा सांसदहरू ग्रीष्मकालीन बिदाबाट जतिसक्दो चाँडो फर्केपछि नेटोमा स्वीडेनको प्रवेशमाथिको भिटो हटाएर टर्कीको संसदले सदस्यता अनुमोदन गर्ने पनि बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend